राष्ट्रपतिसमक्ष चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले राष्ट्रपति भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन्।

फ्रान्सका राजदूत डा थोमस हेन्रिक प्रिन्ज, इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गीबाली, नर्वेका राजदूत टोरन द्रामदल र फ्रान्सका राजदूत गिल्स बोरबाओ छन्।

उनीहरूले शीतल निवासमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा ओहदाको प्रमाणपत्र बुझाएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया