
स्थानीय चुनावको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
वैशाख ३० गते भएको स्थानीय तह चुनावको समीक्षालगायत विविध विषयमा छलफल गर्न असार २७ गते दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। वैशाख ३० गते भएको चुनावमा कांग्रेस पहिलो पार्टी बनेको थियो। सत्तारूढ गठबन्धनका दलहरूसँग विभिन्न पालिकामा कांग्रेस चुनावी तालमेल गरेको थियो। कांग्रेसले ३२९ पालिकामा मेयररअध्यक्ष जितेको छ।



कागजपत्र |
