देशभर थप ५५ जनामा कोरोना पुष्टी, ३ लाख १६ हजारले लगाए कोरोनाविरुद्धको खोप


काठमाडौं – नेपालमा गत २४ घन्टामा थप ५५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २६९८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा १७ जना संक्रमुक्त भएका छन् । यससँगै अहिलेको अवस्थामा नेपालमा २ सय ८० सक्रिय संक्रमित पुगेका छन् ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ लाख १ हजार ४ सय ७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

No photo description available.

 

प्रतिक्रिया