

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पुनसहित ५२ जना माओवादी केन्द्रमा प्रवेश

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
आज माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए।
पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् ।

