देशभर ४१ जनामा कोरोना संक्रमण पुष्टी


काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ४१ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३ सय ५८ जनामा गरिएको परीक्षणमा ४१ जना संक्रमित भेटिएका हुन्।

आज २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ८ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं जिल्लामा ७९ जना ललितपुरमा २८ जना र भक्तपुरमा १२ जना रहेका छन्।

हाल देशभर ९७ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्।

प्रतिक्रिया