बढ्दै कोरोना, १७३० को परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २९ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १७३० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो गतिमा देखिएको छ । अहिलेको अवस्थामा देशभर १९२ जना सक्रिय संक्रमित पुगेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया