राष्ट्रिय सभाको बैठक बस्दै : विनियोजन विधेयकमाथि मन्त्रीहरूले जवाफ दिँदै


काठमाडौं– संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भइसकेको छ भने राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ।
मन्त्रीहरूले जवाफ दिइसकेपछि पारितको प्रक्रियामा अघि बढ्नेछ।

प्रतिक्रिया