भोलि लोसपा र लोक दलको एकता घोषणा


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबिच पार्टी एकता हुने भएको छ ।

कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो ।

आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरूका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

प्रतिक्रिया