बढ्दो महङ्गी नियन्त्रण गर्न पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धन बैठकको निर्णय


काठमाडौं – प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।

सरकारले उक्त विषयलाई आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने छ। उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३०देखि २५ रुपैयाँसम्म मुल्य घट्ने देखिन्छ।

वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

प्रतिक्रिया