थप ४३ जनामा कोरोना संक्रमण, १४ जना संक्रमित निको


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस अवधिमा ३ हजार ५५५ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा ३२ जना आरटी पीसीआर परिक्षणबाट संक्रमित थपिएका छन् भने ११ जना एन्टीजेन परिक्षणबाट थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जना संक्रमित निको भएका छन् भने एक लाख ५० हजार ६१ जनाले कोरोना परिक्षण गरेका थिए । हाल १८१ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया