राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल


काठमाडौँ– रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल नियुक्त भएका छन्।
पार्टीले प्रवक्ताको जिम्मेवारी ढकाललाई दिएको जनाएको छ। केही दिनअघि मात्रै राष्ट्रियसभा गृहबाट लामिछानेले यो पार्टीको घोषणा गरेका हुन्। उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पनि निवदेन दिएका छन्।

पूर्वसञ्चारकर्मी लामिछानेले राष्ट्र निर्माण र परिवर्तनका लागि राजनीतिमा होमिएको बताएका थिए। पार्टीको गतिविधिबारे थप जानकारी दिन लामिछानेले आज पत्रकार सम्मेलन गर्ने जानकारी दिन लागेका छन्।

नवनियुक्त प्रवक्ता ढकालका अनुसार आज अपरान्ह ४ वजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने छ। लामिछानेले पार्टीका २१ जनाको समिति रहेको बताए पनि समितिको जानकारी दिइएको छैन। आजै सोही बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको बताइएको छ।

प्रतिक्रिया