काठमाडाैंकाे कला-संस्कृतिलाई विश्वभर चिनाउन मेयर साहको आग्रह


काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडाैंकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गरेका छन् ।

एनआरएनको टोलीसँग आज बिहीवार भएको भेटमा मेयर साहले कला, संस्कृति र सम्पदाको सहर काठमाडाैंलाई संसाभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडाैं महानगरभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न महानगर सकारात्मक रहेको बताए ।

मेयर साहले एनआरएनएको योजना कार्यान्वयनका लागि महानगरपालिका लाग्ने विश्वास व्यक्त गरे। एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्ष आचार्यले एनआरएन काठमाडाैं महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया