

अफगान भूकम्प अपडेटः अहिलेसम्म ९२० को निधन पुष्टी

काबुल–अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो ।
भूकम्पमा सयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । भूकम्पका कारण पूर्वी पाक्तिका प्रान्तमा धेरै घरहरू भत्किएका छन् ।

