रविलाई रवीन्द्रको सुझाव : पार्टी निर्माणमा हाम्रो गल्तीबाट पाठ सिक्नु


काठमाडौं – मंगलबार मात्र पार्टी घोषणा गरेका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का प्रमुख रवि लामिछानेलाई रवीन्द्र मिश्रले आफ्नो कमजोरीबाट पाठ सिक्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मिश्रले आत्मालोचना गर्दै लामिछानेलाई सफलताको शुभकामना दिएका छन् ।

विवेकशील साझाका संयोजक रहेका मिश्रले केही दिन अघिमात्र पदबाट राजीनामा दिएका थिए। यता लामिछानेले ग्यालेक्सी टेलिभिजन छोडेर पार्टी खोलेका हुन् ।

प्रतिक्रिया