

ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य : गृहमन्त्री खाँड

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँडले ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य रहेको बताएका छन् ।
विश्व योग दिवसको अवसरमा आर्ट अफ लिभिङ र सशस्त्र प्रहरी बलले आज (मंगलबार) काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री खाँडले योगले मानिसको जीवनशैली परिवर्तन गर्नुका साथै मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्ने बताएका हुन् ।
मानवताका लागि योग भन्ने नाराका तय गरिएको विश्व योग दिवसको अवसरमा आयोजना गरिएको शिविरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्रका अन्य पदस्थ अधिकृतहरुसहित करिब ५ सय जना सहभागी भएका थिए ।

