

संसद विघटनविरुद्ध मुद्दा सुनुवाई केहीबेरमा सुरु हुँदै, कार्कीको ठाउँमा सपना मल्ललाई इजलासमा राखियो

काठमाडौं – प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले बुधबार नयाँ संवैधानिक इजलास बनाएको छ।
यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका हुन्।

इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ।
संवैधानिक इजलासमा अब केहीबेरमा मुद्दाको सुनुवाइ हुँदैछ।
यो पनि पढ्नुहोस्
संवैधानिक इजलासमा कार्कीको ठाउँमा प्रधानन्यायाधीश राणाले ल्याउन सक्ने अर्को न्यायाधीश

