

निको भएको ६ महिनापछि पनि कोरोनाको यस्ता लक्षण देखिन सक्ने

काठमाडौं – कोरोना संक्रमण भएका अधिकांश मानिसमा छ महिनापछि पनि शरीरमा विभिन्न समस्या देखिएको छ।
चीनमा भएको एक अध्ययनअनुसार कोरोना निको भएको आधा वर्षपछि पनि धेरैमा कमजोरी र अनिद्रा जस्ता लक्षण देखिएका छन्। अध्ययनमा चीनको वुहान सहरका १७ सयभन्दा बढी कोरोना संक्रमित समावेश थिए। उनीहरूमध्ये ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएपछि पनि कम्तिमा एक लक्षण बाँकी रहेको पाइएको छ।
कोरोना निको भएको छ महिनापछि पनि ६३ प्रतिशत बिरामीमा कमजोरी र २६ प्रतिशतमा अनिद्रा भएको अध्ययनमा देखिएको हो। २३ प्रतिशतमा एन्जाइटी वा डिप्रेसन जस्ता मानसिक समस्या देखिएको छ भने अरू धेरैमा दीर्घकालीन समस्या देखिने सम्भावना छ। कोरोनाबाट धेरै ग्रसित भएकाको त झन् फोक्सो बिग्रिँदै जाने लक्षण देखिएको अध्येताहरूले बताएका छन्।
यो मामिलामा प्रस्ट हुन अझै ठूलो समुदायमा र लामो समय थप अध्ययन अध्ययन गरिनुपर्ने अध्येताहरुको भनाइ छ। संसारभरका वैज्ञानिकहरू कोरोनाले स्वास्थ्यमा पार्ने दीर्घकालीन असरबारे अध्ययन गरिरहेकै छन्। यो असरलाई उनीहरूले ुलङ कोभिडु नाम दिएका छन्।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम विभाग ९सिडिसी० ले लामो समय रहने लक्षणको सूची पनि सार्वजनिक गरेको छ। यसमा कमजोरी, सास फेर्न गाह्रो हुने, खोकी, जोर्नीहरू र छातीको दुखाइ मुख्य हुन्। यसबाहेक कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, टाउको दुख्ने, डिप्रेसन जस्ता लक्षण पनि लामो समय रहेको पाइएको छ।

