आइजी नियुक्तिविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र कुमार चुडालको पूर्ण इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि गत जेठ ३० गते पनि बहस नसकिएका कारण आजका लागि अर्को पेसी तोकिएको थियो ।

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया