‘सांस्कृतिक सहर : समृद्ध महानगर’ काठमाडौं महानगरकाे नारा

फोहोर वर्गीकरण गर्नेलाई सहुलियत दिने धारणा


काठमाडौं – काठमाडौं महानगरले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ नारा राखेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मार्फत सो नारा राखिएको हो ।

नीति तथा कार्यक्रम वाचन गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले सो नारा रहेको जानकारी दिएका हुन् । हाल काठमाडौंको राष्ट्रियसभामा नीति तथा कार्यक्रमको बाचन भइरहेको छ ।

फोहोर वर्गीकरण गर्नेलाई सहुलियत दिने

काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले जिरो वेस्ट कार्यान्वयन गरिने बताए । यस्तै, उपयुक्त स्थानमा वेस्ट टू इनर्जी प्लान्टको पनि स्थापना गरिने बताए ।

महानगरपालिकाले प्रतिस्पर्धात्मक विधिमार्फत फोहोर स‌ंकलन तथा ढुवानीको कार्य गरिने नीति महानगरले जनाएको छ ।

प्रतिक्रिया