मल अभाव : धार्केमा कृषकले ट्रकबाटै खोसे रासायनिक मल


काठमाडाैं – धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् ।

काठमाडाैं जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाडाैं लगिँदै थियो वा कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए । स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया