

माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमाः प्रचण्ड

पोखरा । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग ओर्जिनल सहमति गरेको बताएका छन् ।
पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विरोधी आन्दोलनबाटै चिनेको बताए । प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए । ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने ।
नेकपाका अर्का अध्यक्ष केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, प्रचण्ड भने ।
प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत बताए । गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’

