देशभर थप ४३० संक्रमित, ३९० जना डिस्चार्ज


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५९ हजार ३५८ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ छ ।

प्रतिक्रिया