थप ३४ जनामा कोरोना पुष्टी हुँदा १५ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ३४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३६१० जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा १५ जना कोरोनामुक्त भएका थिए भने १ लाख ५२ हजार ३३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया