

दशरथचन्द राजमार्गमा टिपर दुर्घटना, ४ जनाकाे अवस्था गम्भीर

बैतडी – दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-६ को कनेडा मोडमा बिहीबार बेलुका टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
घाइते हुनेमा टिपरचालक कञ्चनपुरको बेदकोट नगरपालिका-५ का सन्तोष डगौरा, सहचालक भीमदत्त नगरपालिका-४ का विरेन्द्र चौधरी, बैतडीको पाटन नगरपालिका-३ का हिरा विक र पाटन नगरपालिका-४ का हरिना ऐरी महरा घाइते भएका छन्।
घाइतेहरू सिकिस्त रहेका छन्। घाइते चारै जनालाई उपचारका लागि एम्बुलेन्सबाट डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउदले बताए।
महेन्द्रनगरबाट इँटा बोकेर दार्चुला जाँदै गरेको म १ क ३८८ नम्बरको टिपर दशरथचन्द राजमार्गको पाटन नगरपालिका-६ कनेडा मोडमा बिहीबार बेलुका ६ बजे दुर्घटनामा परेको हो।
टिपर सडकबाट करिब २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

