एमालेको दुईदिने जनप्रतिनिधि प्रशिक्षण सुरु


काठमाडौं – नेकपा एमालेले गत  वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई आजबाट दिने दुई दिने प्रशिक्षण सुरु भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमको नेकपा एमाले  अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा देशभरबाट पार्टीको प्रतिनिधित्व गरी निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी रहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेबाट २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु निर्वाचित भएका छन् ।

प्रतिक्रिया