

एकीकृत समाजवादीमा मन्त्री परिवर्तन गर्ने निर्णय अनुमोदन
बजेट पारित भएलगत्तै मन्त्री फेर्ने

काठमाडाैं – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टीको सचिवालय बैठकले गरेको मन्त्री परिवर्तन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
एकीकृत समाजवादीको सचिवालयले हाल पार्टीका तर्फबाट मन्त्री रहेकाहरूलाई फिर्ता बोलाएर अन्य नेतालाई मन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णय स्थायी कमिटीले अनुमोदन गरेको हो ।
स्थायी कमिटीले बजेट पारित भएलगत्तै मन्त्री फिर्ता बोलाउने र नयाँलाई मन्त्री बनाउने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले स्थायी कमिटीले सचिवालयको निर्णय अनुमोदन गरेको जानकारी दिए ।

