जिल्ला समन्वय समिति काभ्रेमा सत्ता गठबन्धनको प्यानलै विजयी


काठमाडौं – जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकको प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका छन् ।

काभे्रेका १३ स्थानीय तहमध्ये सत्तारुढ गठबन्धनले १२ वटा स्थानीय तहको नेतृत्व लिएको छ । जिल्लामा कांग्रेसले ४ नगरप्रमुख र ३ गाउँपालिका अध्यक्ष, माओबादी केन्द्रले ४ गाउँपालिका अध्यक्ष र नेकपा एसले १ नगर प्रमुखमा विजय हासिल गरेको थियो । काभ्रेमा एमालेले एउटा मात्र नगर प्रमुख जितेको छ । एमालेले उपप्रमुख ३ पालिकामा जितेको छ ।

जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका दिपककुमार गौतम नेकपा एसबाट हुन भने उपप्रमुख रिमबहादुर तामाङ नेपाली कांग्रेसका हुन् । सदस्यहरुमा गठबन्धन दलकै उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरुमा अप्सरा सिप्खान ढुंगाना, चण्डिका मिजार, नीर बहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी र कमलराज गिरी रहेका छन् । निर्वाचित सबै जिसस पदाधिकारी र सदस्यहरुलाई बुधबार नै काभ्रेका प्रमुख निर्वाचित अधिकृतले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया