भारतका केन्द्रिय मन्त्रीको कर्नाटकमा सडक दुर्घटना हुँदा पत्नीसहित सहयागीको मृत्यु


काठमाडौँ – कर्नाटकमा भएको सडक दुर्घटनामा भारतका केन्द्रीय मन्त्री श्रीपद नाइक घाइते भएका छन् । एक अधिकारीका अनुसार घटनामा उनकी पत्नी र एक सहायोगीको मृत्यु भएको छ ।

नाइकसँग उनकी पत्नी विजया र सहयोगी यात्रा गर्दै थिए । उत्तर कन्नड जिल्लाको अंकोला नजिकै यो दुर्घटना निम्तिएको हो । मन्त्री नाइक कर्नाटनस्थित एक धर्मिकस्थलबाट गोआ फर्कदै थिए । अधिकारीहरुका अनुसार नाइकका उपचारका लागि गोवा मेडिकल कलेजको सह अस्पतालमा लगिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नाइकको उपचार विशेष ध्यान दिन आग्रह गर्दै गोआका मुख्यमन्त्री प्रमोद सावन्तसँग टेलिफोन वार्ता गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि सावन्तसँग नाइकको उपचारका विषयमा कुराकानी गरेका थिए । कर्नाटकका मुख्यमन्त्री बिएस येदीयुरप्पाले मन्त्री पत्नी विजयाको निधनमा शोक व्यक्त गरेका छन् । उनले मन्त्रीको सिघ्र स्वास्थलाभको काम पनि गरेका छन् ।

६८ वर्षका श्रीपदले अहिले आयुुष मन्त्रालयको काम सम्हालिरहेका छन् । मन्त्री श्रीपद उत्तरी गोआबाट भारतीय जनता पार्टीका लोकसभा सदस्य पनि हुन् ।

प्रतिक्रिया