आजको मौसम : यी क्षेत्रमा पानी पर्ने सम्भावना


काठमाडौं- आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। बिहान प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, वागमती र गण्डकीका केही स्थान तथा मधेस र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल प्रदेश १, मधेस, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ

प्रतिक्रिया