

पहिरोमा पुरिएर दाजु-भाइको मृत्यु

काठमाडाैँ- रोल्पाको परिवर्तन गाउँपालिकामा सडकमाथिबाट खसेको पहिरोमा पुरिँदा दुई बालकको मृत्यु भएको छ।
बाटोमा खेलिरहेको बेला खसेको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाउको छ।
परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका दाजु भाइलाई पुरेको थियो।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

