अपुरा १९ योजना : यसपटकको बजेटमा परेनन्, असारभित्रै सक्न दबाब, बजेटकै अभाव


काठमाडौँ- सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा अपूरो बसेका आयोजना तथा कार्यक्रमका लागि नयाँ बजेटमा समावेश गरेको छैन। सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गतका १९ कार्यक्रमलाई आर्थिक वर्ष २०७८/७९ को बजेटमा नराखिएको हो। आगामी आर्थिक वर्षमा बजेट नपरेपछि असारभित्रै काम सक्नुपर्ने दबाबमा निर्माण व्यवसायी परेका छन्।

मन्त्रालयले शनिबार सूचना नै जारी गर्दै यसबारे जानकारी गराएको छ। यसअर्थ यी कार्यक्रमका ठेकेदारहरूले काम सम्पन्न नगरे आगामी आर्थिक वर्ष भुक्तानी नपाउने भएका हुन्।

यसमा सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछाप क्षेत्रका सहरी पूर्वाधार आयोजनाहरू छन्। ठेक्का लिनेमा सिएस कन्स्ट्रक्सन एन्ड कंक्रिट प्रडक्ट प्राली, सुदीप बिल्डर्स, दुबे धनामा निर्माण सेवा, पुकार कन्स्ट्रक्सन, जुगल हिमशिखर, भावना निर्माण सेवा, गोल्मादेवी इञ्‍जिनियरिङ एन्ड कन्स्ट्रक्सन, नौलो सफल बिहानी निर्माण सेवा, ख्रिस्ट निर्माण सेवा, पी एन्ड डीके-तामे सैलुङ जेभी, एसआरपी ग्रुप, लुमिनस कन्स्ट्रक्सन र रुपकाली कन्स्ट्रक्सन छन्। उनीहरूको ठेक्का करार अवधि यहीँ असारसम्म मात्रै छ।

प्रतिक्रिया