नेपाली नर्स बेलायत पठाउन आगामी साता श्रम सम्झौता हुने


काठमाडौं – नेपाली नर्स बेलायत पठाउनका लागि आगामी साता श्रम सम्झौता हुने भएको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने विषयमा दुवै मुलुकबीच आगामी साता श्रम समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो ।

आगामी साता सम्झौता गर्ने गरी दुवै मुलुकका प्रतिनिधि सम्मिलित समितिले सम्झौताको मस्यौदा तयार पारिसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भएपश्चात् श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको ती अधिकारीले जानकारी दिए ।

पहिलो चरणमा बेलायतमा २ हजार नर्स पठाउने तयारी रहेको पनि उनले बताए । सरकारले बेलायतमा १० हजार नर्सिङ जनशक्ति पठाउन २०२१ को नोभेम्बरदेखि नै प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया