मोटोपनको शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च


काठमाडौं – विज्ञहरुका अनुसार मोटोपन क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल घटाउने शल्यक्रिया जोखिम भए पनि शल्यक्रियापछि क्यान्सरको खतरा कमी हुने देखाएको हो ।

विस्कन्सिनको गुन्डरसेन लुथरन हेल्थ सिस्टमका अन्वेषकहरूले मोटोपन भएका ३ हजार ७७६ वयस्कहरुमा अध्ययन गरेका थिए । उनीहरूमध्ये १ हजार ६२० जनाले तौल घटाउने शल्यक्रिया गरेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार तौल घटाउने शल्यक्रिया गरेका व्यक्तिमा भन्दा शल्यक्रिया नगरेका व्यक्तिमा क्यान्सरको जोखिम दोब्बर र क्यान्सरबाट मृत्युको सम्भावना तीन गुणा बढी पाइएको थियो ।

प्रतिक्रिया