नवनिर्वाचित कार्यपालिका सदस्यलाई मेयर बालेनले गराए शपथ


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन्। बुधबार राष्ट्रिय सभागृहमा उनले नवनिर्वाचित ८ कार्यपालिका सदस्यलाई शपथ गराएका हुन्।

त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित राजनीतिक दलका प्रतिनिधि सहभागी थिए। शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए।

जेठ २४ गते राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन्। नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा एकीकृत समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन्।

यसैगरी दलित वा अल्पसंख्यक तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन्।

प्रतिक्रिया