
लागुऔषधसहित तीन युवक पक्राउ
जनकपुरधाम – सप्तरीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी उतरी ग्राम पञ्चायत ५ का २६ वर्षीय प्रकाश यादव, लौकही ग्राम पञ्चायत २ का २० वर्षीय तुलसीकुमार दास र सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का १९ वर्षीय दीपेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
तीनै जनालाई शनिबार साँझ करिब ६ बजे छिन्नमस्ता ३ छिन्नमस्ता भगवती मन्दिर नजिक प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको गाडीमा सवार तीनै जनामाथि शंका लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
प्रहरीले तिनीहरूको साथबाट नाइट्रोभेट ट्याब्लेट ५१० पिस, डाइजेल्याब इन्जेक्सन १ सय पिस, फेनार्गन इन्जेक्सन १ सय पिस र बुपरेनोर्फिन इन्जेक्सन १ सय पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।



कागजपत्र |
