

यी चारको मन्त्री पद खुस्किँदा खापुङको ‘प्रमोशन’ !
खतिवडा, आले, श्रेष्ठ र झाँक्रीलाई हटाइए पनि राज्यमन्त्री खापुङलाई भने ‘फुलमन्त्रीको जिम्मेवारी

काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी चार मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ चार मन्त्रीलाई सिफारिस गरेको छ ।
एकीकृत समाजवादीबाट सरकारमा रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।
स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ भने स्वास्थ्यमन्त्रीमा बढुवा भएका छन् ।
नयाँ नामअनुसार स्वास्थ्य मन्त्रीमा भवानी खापुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास विकासमन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको लागि सिफारिस गरेको छ ।

