

विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा पाेखरी सफाइ

कलेजबाट सुरु भएको र्याली देकोचा, याछें टोल, सुकुलढोका, पाँचतले मन्दिर, वंशगोपाल चोक भएर भक्तपुर नगर परिक्रमा गरी दूधपाटीमा रहेको भञ्ज्याङ पोखरीमा पुगेको थियो । सहभागीहरूले पोखरी सरसरफाइ गरेका थिए ।
पाेखरीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित अर्काे टोली पनि सरसफाइमा जुटेकाे थियाे । कार्यक्रममा भक्तपुर नगरपालिका-५ का वडाध्यक्ष योगेन्द्रमान बिझुक्छे र वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वलगायतका व्यक्तिहरू सहभागी भएका थिए ।
भाज्य पोखरी नजिकै रहेर पुनः निर्माण भइसकेको रानीपोखरी र सिद्धपोखरी जस्तै पुनःनिर्माणको पर्खाइमा रहेको उनले बताए ।

