कार्यालय विस्तारकालागि माओवादी केन्द्रले सदस्यबाट शुल्क उठाउने


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ । भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णयसमेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन सक्ने निर्णय गरेको नेता शक्ति बस्नेतले जानकारी दिए ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न भनिएको उनले बताए । त्यस्तै विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) विवाद मिलाउने जिम्मा अध्यक्ष दाहाललाई दिइएको पनि बस्नेतले बताए ।

महासचिवलगायत पदाधिकारी चयनको विषयमा माओवादीको विद्यार्थी सङ्गठन क्रान्तिकारीमा विवाद छ । दाहालले दुवै पक्षलाई बोलाएर विवाद समाधान गर्ने बस्नेतको भनाइ थियो ।

प्रतिक्रिया