

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ। आज साँझ भर्चुअल रुपमा केन्द्रीय कमिटी बैठक बस्ने तयारी भएको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
आजको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै संसदीय चुनावसम्म कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ। यसअघि माओवादी केन्द्रले देशभरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बुधबार र बिहीबार प्रशिक्षण दिएको थियो।
पार्टी केन्द्रीय कमिटीको बैठकअघि जनप्रतिनिधिलाई दिशाबोध गर्ने कामलाई उच्च प्राथमिकतामा राखिएको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए।

