काठमाडौँ उपत्यकामा १९४ सङ्क्रमित थपिए


काठमाडौं–काठमाडौँ उत्यकामा थप १९४ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका १५३, ललितपुरका २३ तथा भक्तपुरका १८ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ९८ हजार ६००, ललितपुरमा १५ हजार ५२८ तथा भक्तपुरमा नौ हजार ३० सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ९५ हजार ८८८, ललितपुरमा १५ हजार १०५ तथा भक्तपुरमा आठ हजार ७८७ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ४७९, ललितपुरमा १५१ तथा भक्तपुरमा ११० जनाको कोरोनाबाट ज्यान गएको छ । 

प्रतिक्रिया