राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, पूर्वअध्यक्षरू जबरा र लोहनी सहभागी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ ।

स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो ।

बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् ।

बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने बैठकस्थलमा पुगेका छैनन् । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले चन्द बैठकमा सहभागी हुने बताए ।

स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।

प्रतिक्रिया