त्रियुगा नगरपालिका-१० काे वडाध्यक्षमा ‘चिट्ठा’ बाट एमाले निर्वाचित


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका-१० काे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुख र सूर्य चिह्नमा बराबरी मत (१०५३/१०५३) आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित भएका छन् ।

दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकाेमा अन्तिममा मत बराबरी भएको थियो ।

प्रतिक्रिया