

देशभर थप १२ जनामा संक्रमण, १३ जना कोरोनामुक्त

काठमाडौं – नेपालमा गत २४ घन्टामा १२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३३५६ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेको अवस्थामा ११० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

