निजगढ विमानस्थलका लागि कांग्रेस केन्द्रीय सदस्य गुरुङको ३ विकल्प


काठमाडाैँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले बाराको निजगढ विमानस्थलको ३ वटा विकल्प अघि सारेका छन्।उनले महोत्तरी जिल्लाको गौशाला, बर्दिबास र भंगाहा नगरपालिकाका विभिन्न वडामा सम्बन्धित निकायको अनुमति लिएर विमानस्थल र अन्तर्राष्ट्रियस्तरको ड्राइ पोर्ट निर्माण गर्न सकिने विकल्प अघि सारेका छन्।

विकल्प अघि सार्दै उनले भनेका छन्, ‘सर्वोच्च अदालतले बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको निर्णय सार्वजनिक भएको छ। सबै मिलेर गम्भीरतापूर्वक पहल गरौं।’

गौशाला नगरपालिकाको वडा नं १, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजना, बर्दिबास नगरपालिकाको वडा नं. ३, ४, ५, १० र ११ मा पर्ने केही जंगल र भंगाहा नगरपालिकाको वडा नं। १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गा जमीन भएको ठाउँलाई विकल्पको रुपमा अघि सारेका छन्।

गुरुङले पहिल्याएका तीन विकल्प :
१) महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको वडा नं. १, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजना अन्तर्गतको जंगल एरियामा सम्बन्धित निकायको स्वीकृति लिएर अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय स्तरको ड्राई पोर्ट निर्माण गर्न सकिन्छ ।

२) महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको वडा नं. ३, ४, ५, १० र ११ मा पर्ने केही जंगल एरिया र केही खाली जग्गा जमीन भएको एरियामा सम्बन्धित निकाय र व्यक्तिहरुको स्वीकृति लिएर अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय स्तरको ड्राई पोर्ट निर्माण गर्न सकिन्छ ।

३) महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गा जमीन भएको एरियामा सम्बन्धित व्यक्तिहरु र निकायको स्वीकृति लिएर अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय स्तरको ड्राई पोर्ट निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया