राष्ट्र बैंकको आरटिजीएस प्रणालीमा थप १० वित्तिय संस्था


काठमाडौँनेपाल राष्ट्र बैंकको वास्तविक समयमा रकमान्तर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली’ (आरटिजीएस) मा आजदेखि थप आठ विकास बैंक र दुई वित्त कम्पनी प्रत्यक्षरुपमा आबद्ध भएका छन् । यसअघि सो प्रणालीमा २७ वाणिज्य बैंक मात्र आबद्ध थिए ।

आरटिजीएस प्रणालीमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, साङ्ग्रिला डेभलपमेण्ट बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक र लुम्बिनी विकास बैंक प्रत्यक्षरुपमा आबद्ध भएका छन् । यसैगरी सो प्रणालीमा आइसिएफसी फाइनान्स लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेड पनि प्रत्यक्षरुपमा आबद्ध भई कारोवार गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

(रासस)

प्रतिक्रिया