रोल्पामा अटोरिक्सा दुर्घटना, एकको मृत्यु तीन घाइते
रोल्पा – रोल्पामा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सदरमुकाम लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा अटो चालक रोल्पा-२ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइते रोल्पा-७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको बायाँ हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने ५२ वर्षीय जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने ४७ वर्षीय सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।