झापाको मेचीनगर : मेयर र उपमेयर दुवै एमालेका उम्मेवादर निर्वाचित


काठमाडौं – झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। नगरप्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्रबहादुर बुडाथोकीलाई ५ हजार १६७ मतान्तरले पराजित गर्दै गोपाल बुढाथोकी नगरप्रमुखमा विजयी भएका हुन् ।

उप–प्रमुखमा मीनाकुमारी उप्रेती २१,५९० मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीलाई ८ हजार ७७२ मतान्तरले पराजित गर्दै मीना उपप्रमुखमा निर्वाचित भएकी हुन्। भण्डारीले १२,५१८ मत प्राप्त प्राप्त गरेका छन्।

प्रतिक्रिया