काठमाडौंमा १९ हजार मतान्तरले बालेन अगाडि, ५० हजार मत गन्न बाँकी


काठमाडौं – काठमाडौं महानगरपालिकाको ५० हजार मत गन्र बाँकी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलाे मतान्तरसहित अग्रता कायम गरेका छन्।

बालेनले अहिलेसम्मको गणनामा ४७ हजार ७५२ मत पाएका छन्  । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाउँदा नेकपा एमालेका केशव स्थापितले २७ हजार ९७७ मत पाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार १ लाख ४१ हजार ६ मत गणना गरिसकिएको छ भने ५० हजार १८० मत गन्र बाँकी छ।

उपमेयर पदमा भने नेकपा एमालेकी सुनिता डंगाेल भारी मतान्तरसहित अगाडि रहेकी छिन् ।

प्रतिक्रिया