

कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
भीमदत्त नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार पदम बोगटी १५ हजार ८ सय ८२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार महेशप्रसाद पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरेर पराजित भएका छन् । साथै राप्रपाका मेयरका उम्मेदवार गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै, एकीकृत समाजवादीका मेयरका उम्मेदवार राजेन्द्र पाण्डेयले ३ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् ।
सोही नगरपालिकाको उपमेयरमा कांग्रेसकी उम्मेदवार निलम लेखक १२ हजार २ सय १६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उपमेयरका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरेर पराजित भएका छन्।
साथै नेकपा एमालेका उपमेयरका उम्मेदवार भुवन कुवँरले ७ हजार ९ सय ९० र राप्रपाकी उपमेयर उम्मेदवार हेलन श्रेष्ठले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।

