पाँचखालको मेयरमा कांग्रेसका खरेल निर्वाचित


काठमाडौं- काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार महेश खरेल निर्वाचित भएका छन् । उनी १२ हजार ८३६ मत ल्याए ।

खरेका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कञ्चन अधिकारीले आठ हजार ११५ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खरेल पाँचखालका निवर्तमान प्रमुख समेत हुन् । उनले दोस्रो कार्यकाल सम्हाल्ने भएका छन् ।

उपप्रमुखमा एमालेकी उमेदवार सूर्यमाया दनुवार विजयी भइन् । उनले नौ हजार ५३४ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार चेतप्रसाद गौतमले नौ हजार १० मत ल्याए ।

प्रतिक्रिया